काठमाडौं– अब नेपाली कामदार निःशुल्क रुपमा मलेसिया जान पाउने भएका छन् ।


ADVERTISEMENT


नेपाल सरकारको प्रस्तावअनुासर कामदारलाई कुनै पनि आर्थिक भार नपार्ने गरी लैजान मलेसिया सरकार तयार भएसँगै नेपाली कामदारलाई मलेसिया झन् सहज बन्ने भएको हो ।


ADVERTISEMENT

# # #


दुई देशबीच हुने भनिएको बहुप्रतीक्षित आपसी समझदारी एमओयु को मस्यौदामा सहमति जुटिसकेको छ ।

दुवै पक्षबीच विभिन्न चरणमा आदान–प्रदान तथा संशोधन भएको मस्यौदामा शुक्रबार मलेसियाको पुत्राजयमा सहमति भएको थियो ।

श्रमिकको छनौट प्रक्रियादेखि मलेसिया पुग्दासम्मको लागत र श्रमिकको सेवा सुविधाको विषयमा छलफल केन्द्रित कुमारराज खरेलले जानकारी दिए । – आजको नयाँ पत्रिकाबाट