काठमाडौँ – आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करणका लागि दक्षिण अफ्रिकाले मंगलबार आफ्नो टोलीको घोषणा गरेको छ ।


ADVERTISEMENT


आगामी विश्वकपका लागि टोली घोषणा गर्ने दक्षिण अफ्रिका दोस्रो राष्ट्र हो । यसअघि सोमबार न्युजिल्यान्डले आफ्नो टोलीको घोषणा गरेको थियो । दक्षिण अफ्रिकाले एडन मारक्रमको कप्तानीमा आफ्नो टोलीको घोषणा गरेको हो ।


ADVERTISEMENT

# # #


कप्तान मारक्रम हाल भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) को १७औँ संस्करण खेलिरहेका छन् । आईपीएलमा उनी सनराइजर्स हैदराबादमा आबद्ध छन् । दक्षिण अफ्रिकी टोलीमा तीनजनालाई ‘रिजर्व खेलाडी’ को रुपमा समावेश गरिएको छ ।

जारी आईपीएलमा उत्कृष्ट प्रदर्शन गरिरहेका अधिकांश खेलाडीलाई टोलीमा स्थान दिइएको छ । तीव्रगतिका बलर जेराल्ड कोट्जीले पनि टोलीमा स्थान पाएका छन् । उनी मुम्बई इन्डियन्सको तर्फबाट आईपीएल खेलिरहेका छन् । उनले यसअघि एकदिवसीय विश्वकप पनि खेलेका थिए ।

दक्षिण अफ्रिकी टोली:
एडेन मारक्रम (कप्तान), ओट्निल बार्टम्यान, जेराल्ड कोट्जी, क्विन्टन डी काक, ब्योर्न फोर्चुन, रिजा हेन्ड्रिक्स, मार्को जानसेन, हेनरिच क्लासेन, केशव महाराज, डेभिड मिल्लर, एनरिच नोर्जे, कागिसो राबडा, रयान रिकेल्टन, टाबरिज शम्सी र ट्रिस्टन स्टब्स ।

रिजर्व खेलाडी: 
नान्द्रे बर्गर र लुङ्गी एनगिडी ।

अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना गर्ने टी–२० विश्वकप जुन १ तारिखदेखि सुरु हुँदैछ । आगामी टी–२० विश्वकपमा दक्षिण अफ्रिका समूह ‘डी’ मा परेको छ । उक्त समूहमा नेपाल, बंगलादेश, नेदरल्यान्ड्स र श्रीलंका रहेका छन् ।

दक्षिण अफ्रिकाले पहिलो खेल जुन ३ तारिखमा श्रीलंकासँग खेल्नेछ । नेपालसँग दक्षिण अफ्रकाले खेल जुन १५ मा खेल्नेछ ।