कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दोश्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् ।


ADVERTISEMENT


मंगलवार सुर्खेतमा प्रदेश सरकारका नवनियुक्त ४ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका हुन् । नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख तिलक परियारले शपथ खुवाएका हुन् ।


ADVERTISEMENT

# # #


शपथ लिनेमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीमा शेरबहादुर बुढा, आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसी, सामाजिक विकास मन्त्री वीरबहादुर शाही र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दुर्गा रावत रहेका छन् । यस्तै राज्यमन्त्री गोमता विकले पनि सपथ लिएका छन् ।

यता कृषि मन्त्रीमा नियुक्त भएका विनोद कुमार शाह भने शपथ ग्रहण बहिस्कार गरेका छन् । मुख्यमन्त्री यामलाल कँडेलले सांसद विनोदकुमार शाहलाई कृषि मन्त्रालयको जिम्मेवारी दिएपछि उनले असन्तुष्टि जनाउँदै आएका छन् ।

भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमा दाबी गरेका शाहलाई कृषि मन्त्रालयको जिम्मेवारी दिएपछि उहाले शपथ ग्रहण कार्यक्रम नै बहिस्कार गरेका हुन् ।