एजेन्सी– जापानमा शक्तिशाली आँधी चामीका कारण जनजीवन प्रभावित भएको छ । रिपोर्ट अनुसार आँधीका कारण थुप्रै घाइते भएका छन् भने उडान र रेलमा पनि असर पुगेको छ ।


ADVERTISEMENT


चामीको असरले कम्तीमा एक हजार उडान रद्द भएको बताइएको छ । चामी आँधी आइतबार स्थानीय समय अनुसार बेलुका आठ बजे जापानको पश्चिमी शहर ओसाका पुगेको थियो ।


ADVERTISEMENT

# # #


आँधी तटमा ठोक्किने बेला दुई सय १६ किलोमिटर प्रतिघण्टाको गतीमा हावा चलिरहेको थियो । आँधीका कारण विभिन्न उडान र रेल रद्द गरिएको छ । साढे सात लाखबढि घरमा बिजुली आपूर्ती बन्द भएको छ ।

तीब्र हावा र आँधीको असरले कम्तिमा ८४ जना घाइते भएका छन् ।

हालै जापानले जेबी आँधीको कहर झेलेको छ । उक्त आँधी २५ वर्षको सबैभन्दा शक्तिशाली आँधी थियो । यसका कारण कम्तिमा सातजनाको मृत्यु भएको थियो र जनजीवनमा अत्यधिक असर परेको थियो ।