काठमाडौँ– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले सरकारको कार्यशैलीको आलोचना गरेका छन् ।


ADVERTISEMENT


प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा वरिष्ठ नेता नेपालले भ्रष्टाचार न्युनीकरण र सुशासन कायम गर्न सरकार असफल बनेको टिप्पणी असन्तुष्टि व्यक्त गरेका छन् ।


ADVERTISEMENT

# # #


उनले दुईतिहाई बहुमतको सरकारको कार्यशैलीमा जनस्तरबाटै असन्तुष्टि आउनुले असफलतातर्फ उन्मुख भएको बताएका छन् । मन्त्रीहरु समेत जनस्तरको गुनासोमा उदासिन बनेको उनको भनाई थियो ।

सरकारको काममा त्रुटी रहेको औँल्याउँदै नेता नेपालले त्रुटी सच्याउन ढिला गर्न नहुनेमा जोड दिए । उनले सरकारविरुद्ध चौतर्फी आलोचना र असन्तुष्टि सुनिन थालेको भन्दै बाटोमा हिँड्दा पनि कान थुनेर हिड्नुपर्ने अवस्था आएको बताएका छन् । जनताका कुरा र गुनासोको प्रतिवाद गर्नुको साटो कमजोरी स्वीकार गर्दै त्रुटि सुधार्नेतिर उनले सरकारका मन्त्रीहरुलार्इ आग्रह समेत गरेका छन् ।

नेता नेपाल गृहमन्त्रीको कार्यशैलीप्रति समेत असन्तुष्ट देखिएका थिए । उनले भौगोलिक अखण्डतामा खुलेआम चुनौती दिंइदा समेत सरकार मुक दर्शक बन्नु लज्जाको विषय भएको भन्दै गृहमन्त्रीमाथि आक्रोशित भएका थिए ।