काठमाडौं– मुलुक सम्वृद्ध बनाउन कृषि क्षेत्रलाई अब्बल पार्ने उदेश्यले शुरु भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपरजोन कार्यक्रम भ्रष्टाचारको दलदलमा फसेको छ । प्रधानमन्त्री कार्यक्रममा भएको अनियमितता जोगाउने प्रयास शुरु भएको छ ।


ADVERTISEMENT


सुपरजोन कार्यान्वयन इकाई कार्यालय (आलु) काभ्रेपलाञ्चोकमा आर्थिक वर्ष २०७३/२०७४ मा २८ लाख ७ हजार ९ सय ३२ रुपैया असुल गर्ने निर्देशन दिएको छ भने ४ लाख ३५ हजार ८ सय २४ रुपैया अनियमित भएको, ४४ लाख ३० हजार ८ सय ७६ जिम्मेवारी नसारेको र संस्थागत ५० हजार समेत गरी ७७ लाख २४ हजार ६ सय ३२ रुपैया बेरुजु देखाएको छ ।


ADVERTISEMENT

# # #


उक्त कार्यालयको बजेट ५ करोड ७७ लाख २ हजार मध्ये २ करोड ९७ लाख ५६ हजार ५० रुपैया मात्रै खर्च भएको थियो । प्रधानमन्त्रीका नाममा भएको संस्थागत भ्रष्टचारको छानविन हुन सकेन र यो क्रम रोकिएन भने प्रधानमन्त्री नामको बैद्यानिक भ्रष्टाचारको मुख्य अखडा यहि परियोजना हुनेछ ।

महालेखापरीक्षकको कार्यालयले २०७४ फागुन १० गते दिएको प्रतिवेदनले काभ्रेपलाञ्चोक जिल्लामा भएको अनियमितताको फेहरिस्तको नमुना झल्काएको छ । तत्कालिन समयमा कार्यालय प्रमुख रहेका दिपक पौड्याल पुनः दोश्रो पटक जिल्लामा हाजिर भएका छन् ।

उनकै कार्यालयमा भएका अनियमितताको बेरुजु सार्वजनिक भएको छ । जिल्लामा आलु सुपरजोन कार्यान्वयन ईकाईका रुपमा कार्य गरिरहेको उक्त कार्यालयमा पहिलो वर्षमा देखिएको बेरुजुको फेहरिस्तले त्यहि तथ्य दिएको छ । – आजको नेपाल समाचारपत्रबाट