हुम्ला– तीन महीनादेखि हराइरहेका चङ्खेली गाउँपालिका– २ दार्मा गर्खाका १४ वर्षीय शैलेन्द्र शाहीको कङ्काल भेटिएको छ ।


ADVERTISEMENT


गत साउन १ गते स्थानीय धुम्माधारा खर्कबाट दूध र दही लिएर घर फर्कने क्रममा तामेखोलाबाट बालक हराएको उनका आफन्त तीलक शाहीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


साउने सङ्क्रान्तिका दिन घर–खर्कदेखि गाउँसम्मका सबै बाटो र बस्तीमा उनकोे खोजीमा परिवार र स्थानीय प्रशासनले लामो समय खर्चेको जानकारी दिँदै उनका बुबा जनक शाहीसँगको कुराकानीमा भावुक हुँदै भने, “तीन महिनापछि छोराको कङ्काल पो देख्नुपर्यो ।”

उक्त घटनाबारे आफूलाई कुनै जानकारी नआएको बताउदै जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख ज्ञहेन्द्र बोगटीले घटनाको अनुसन्धानका लागि तत्काल पिप्लाङ र दार्मा प्रहरी चौकीलाई खबर गरिने बताएका छन् ।

मृतक शाही स्थानीय बालज्योति आधारभूत विद्यालयको कक्षा ५ मा अध्ययनरत रहेको विद्यालय स्रोतले जनाएको छ । रासस