विराटनगर – नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले विश्वासको मत लिने-नलिने निर्णय गर्ने अधिकार मुख्यमन्त्री केदार कार्कीलाई छोडिदिएको बताएका छन् ।


ADVERTISEMENT


आइतवार विराटनगर स्थित प्रदेश सभा भवनमा पत्रकार भेटघाट आयोजना गरी प्रमुख सचेतक तामाङले विश्वासको मत लिने नलिने अधिकार मुख्यमन्त्रीलाई भएकाले उनको निर्णयमा आफुहरुले सहमति जनाएको जानकारी दिए । उनले बैशाख ५ गते बसेको संसदीय दलको बैठकमा अधिकांश सांसदहरुले अल्पमतमा परिसकेपछि मार्गप्रशस्त गर्न सुझाव दिएको भएपनि मुख्यमन्त्रीले नमानेपछि उनलाई विश्वासको मत लिने नलिने स्वविवेकीय अधिकार छोडिदिएको जानकारी दिए । फरक प्रसंगमा प्रमुख सचेतक तामाङले बैशाख २५ गते पछि अन्यौलग्रस्त कोशी प्रदेशको राजनीति सङ्गलिने जानकारी दिए ।


ADVERTISEMENT

# # #


उनले मुख्यमन्त्री माथि प्रदेश सभाको विशेषाधिकार हनन बारे उठेको विवाद पनि समाधान हुने दाबी गरे । कोशी प्रदेशमा बैशाख २५ गते भित्र मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत नलिए बैशाख २६ गते नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले प्रक्रिया थाल्न प्रदेश सभाको विशेष अधिवेशनले संकल्प प्रस्ताव पारित गरिसकेको छ ।