काठमाडौँ– नेक्सजेन म्यानेजमेन्ट र मंगलम डायग्नोष्टिक सेन्टरबीच व्यवसायिक सम्झौता सम्पन्न भएको छ ।


ADVERTISEMENT


यी दुई संस्थाबीच वैशाख २० गते काठमाडौँमा अत्याधुनिक ल्याब खोल्ने सम्झौता भएको हो । सम्झौता पत्रमा नेक्सजेन म्यानेजमेन्टको तर्फबाट अध्यक्ष रमेश कुमार भट्टरार्इ र मंगलम डायग्नोष्टिक सेन्टरको तर्फबाट अध्यक्ष प्राडा अमरनाथ ठाकुरले हस्ताक्षर गरेका छन् ।


ADVERTISEMENT

# # #


बीरगंज मुख्य कार्यालय रहेको मंगलम डायग्नोष्टिक सेन्टरले विशेषज्ञ डाक्टरहरू राखेर वीरगञ्जलगायत जनकपुरमा पनि अत्याधुनिक ल्याब सेवा प्रदान गरिरहेको छ। अब काठमाडौँमा अत्याधुनिक र एकिकृत डायग्नोष्सि सेवा दिने लक्ष्य रहेको सेन्टरका अध्यक्ष प्राडा ठाकुरले जानकारी दिए ।

काठमाण्डौमा डायग्नोष्सि सेवा दिने ल्याबहरू खुल्ने र बन्द हुने क्रम जारी रहेको छ। हस्पिटलहरूको आफ्नै ल्याव पनि छ। तर अहिले पनि विश्वसनिय डायग्नोष्सिको लागी नेपालीहरू भारत लगायत अन्य देश गइरहेका छन्। सोहि अवस्थालाई हेरेर विश्वसनिय र भरपर्दो डायग्नोष्सि सेवा दिन काठमाण्डौमा छुट्टै ल्याबको आवश्यकता देखिएको छ।

सम्झौता बमोजिम नेक्सजेन म्यानेजमेन्टले काठमाण्डौमा संचालित ल्याबहरूको अवस्था अध्ययन गर्नेछ। हस्पिटल र ल्याबमा आउने बिरामीहरू डायग्नोष्सि रिर्पोटबाट संतुष्ट भए\नभएका अध्ययन गर्नेछ। काठमाडौँको आवश्यकता अनुसार कस्तो र कुन क्षमताको डायग्नोष्सि सेन्टरको आवश्यकता छ, सोको लागी कति लगानी आवश्यक छ ? सो सबै अध्ययन अनुसन्धान गरी नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रा।लि।ले मंगलम डायग्नोष्टिक सेन्टर प्रा।लि। लार्इ प्रतिवेदन बुझाउने छ।

त्यसपश्चात् नेक्सजेनले थप लगानीकर्ता खोज्ने र मंगलम डायग्नोष्टिक सेन्टर प्रालि आफैले पनि लगानी गरी आफ्नै व्यवस्थापनमा नयाँ अत्याधुनिक डायग्नोष्टिक सेन्टर संचालन गर्नेछ।

नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रालि सम्पत्ति व्यवस्थापन गर्ने कम्पनी हो। यसले चलिरहेको उद्योग व्यवसायलार्इ सुव्यवस्थित संचालनको लागि परामर्श सेवा दिने देखि लगानीकर्ता जुटाउने सम्मको सेवा दिन्छ। साथै नयाँ उद्योग व्यवसाय संचालन गर्नेको लागि सो सम्बन्धि अध्ययन अनुसन्धान गर्ने र व्यवसाय संचालनको लागि आवश्यक सबै व्यवस्था गर्न परामर्श सेवा प्रदान गर्छ।

नेक्सजेनले भखरै नेपाल सरकारबाट वैशाख १७ र १८ गते काठमाडौँमा संचालन भएको लगानी सम्मेलनमा कोरियन कम्पनिसंग सम्झौता गरेको छ। कोरियन पार्टिले नेपालमा संचालन गर्ने छ अर्ब लगानीको उद्योग स्थापनामा सहजीकरण र परामर्श सेवा दिने सम्झौता पनि नेक्सजेन म्यानेजमेन्टले गरिसकेको बताइएको छ ।