काठमाडौँ – नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले भारत र पाकिस्तानबीच विकसित पछिल्लो तनाव र नेपाललाई पार्नसक्ने प्रभावबारे सचेत रहनुपर्ने बताएका छन् ।


ADVERTISEMENT


बुधबार प्रतिनिधिसभाको बैठकमा गौतमले भारत र पाकिस्तानबीचको तनावले नेपाललाई पार्ने अल्पकालीन र दीर्घकालीन प्रभावहरूका बारेमा नेपाल सरकारले समयमै सचेत भएर छलफल अघि बढाउनुपर्ने बताए । उनले अहिलको अवस्थामा दलहरुबीच विभेद नभइ एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए ।


ADVERTISEMENT

# # #


‘अहिले हाम्रो दक्षिण एशिया राजनीतिक रुपले एउटा युद्धभूमिका रुपमा परिणत हुँदैछ । हिजोमात्रै भारत र पाकिस्तानबीच युद्ध छेडिएको छ । यसले हामीलाई पार्ने प्रभाव नराम्रो हुन्छ । यसबारे सचेत हुनुपर्छ ।’

नेताहरुको अभिव्यक्ति सुन्दा राजनेताको भूमिका नै निर्वाह नगरेको जस्तो महसुस भएको उनले बताए । गौतमले संविधान संशोधन, सङ्घीयताको सवलीकरण, संस्कृतिको संरक्षण र प्रवद्र्धनलगायत विषयमा सबै दलहरूबीच न्यूनतम सहमति गरि अघि बढ्नुपर्नेमा जोड दिए ।

उनले राष्ट्रिय निकुञ्ज क्षेत्रमा जङ्गली जनावरको त्रास बढिरहेको अवस्थामा नागरिकलाई सुरक्षित गर्नेगरी वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराए ।