काठमाडौँ– भारतले पाकिस्तानमा गरेको आक्रमण सरकारी तवरबाटै भएको पुष्टि गरेको छ ।


ADVERTISEMENT


भारतीय विदेश सचिव विक्रम मिश्रीले बुधवार पत्रकार सम्मेलन गर्दै सो आक्रमण अप्रिल २२ मा जम्मू र कश्मीरको पाहलगाममा भएको पाकिस्तानी आतङ्कवादी आक्रमणको जवाफ भएको बताएको हो ।


ADVERTISEMENT

# # #


उक्त आक्रमण आतङ्कवादी संरचनाहरूलाई लक्षित गर्दै भारतले ‘सिन्दूर अपरेसन’ रहेको उनले आधिकारिक पुष्टि गरे । उनका अनुसार, आतङ्कपछि दुई हप्ता बितिसक्दा पनि पाकिस्तानले आतङ्कवादी संरचनामाथि कुनै ठोस कारबाही नगरेको, बरु अकारण आरोप–प्रत्यारोप मात्र गर्दै आएको कारणभारतले कारबाही स्वरुप जवाफमा उक्त ‘सिन्दूर–अप्रेशन’ गरेको बताए ।

विदेश सचिव मिस्रीले भने, “यो कारबाही सन्तुलित, मापन गरिएको र गैर–उक्साहटपूर्ण हो। यसको उद्देश्य आतंक फैलाउने संरचना नष्ट गर्नु र भारतमा थप आक्रमण रोक्नु हो।” उक्त आक्रमण पाकिस्तानको सेनाविरुद्ध नभई आतङ्कवादी समूहविरुद्ध मात्र लक्षित रहेको उनको दाबी छ ।

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को २५ अप्रिलको वक्तव्यमा पनि पाहलगाम हमलाको निन्दा गर्दै दोषीहरूलाई न्यायको कठघरामा ल्याउनुपर्ने उल्लेख गरिएको थियो। भारतले आफ्नो पछिल्लो कदमलाई सोही सन्देशको पालनाका रूपमा हेर्न आग्रह गरेको छ।

पत्रकार सम्मेलनमा मिस्रीसँगै भारतीय सेनाकी कर्नेल सोफिया कुरेशी र वायुसेनाकी विङ कमाण्डर व्योमिका सिंह उपस्थित रहँदै ‘अपरेसन सिन्दूर’का थप सैन्य विवरण सार्वजनिक गर्ने तयारी रहेको जनाइएको छ।