काठमाडौं– राजधानीमा शुरु भएको प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) शिखर सम्मेलन आज समापन हुँदैछ । बिहीबार होटल सोल्टीमा शुरु भएको सम्मलेन घोषणापत्र तथा विभिन्न सहमतिमा हस्ताक्षर गरेर सम्पन्न हुन लागेको हो ।


ADVERTISEMENT


सम्मेलनको दोस्रो तथा अन्तिम सत्र अहिले बिहान ११ः०२ बाट शुरु भएको छ । सम्मेलनको शुरुमा बिमस्टेकको १६ औं मन्त्रीस्तरीय बैठकको निर्णयसम्बन्धी रिर्पोट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रस्तुत गर्नेछन् । मन्त्रस्तरीय बैठकको अध्यक्षको हैसियतमा उनले १५ मिनेट मन्तव्य राख्नेछन् ।


ADVERTISEMENT

# # #


कार्यतालिका अनुसार, ११ः२० बजे बिमस्टेकका महासचिव शाहिदुल इस्लामले प्रगति प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ । महासचिवको प्रतिवेदनपछि बिमस्टेक सम्झौतापत्रमा हस्ताक्षर हुने तय भएको छ ।

चौथो शिखर सम्मेलनको घोषणापत्र ग्रहण कार्यक्रम ११ः५६ बजेका लागि तय भएको छ । १२ः६ बजे नेपालले बिमस्टेकको अध्यक्षता हस्तान्तरण गर्नेछ । सन् २०१४ देखि बिमस्टेकको अध्यक्षता गर्दै आएको नेपालले श्रीलंकालाई अध्यक्षता हस्तान्तरण गर्न लागेको हो ।

मध्याह्न सवा १२ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले मन्तव्य राखेर सम्मेलन समापनको घोषणा गर्ने कार्यक्रम छ ।

बिमस्टेकको पाँचौ शिखर सम्मेलन श्रीलंकाले आयोजना हुनेछ ।