काठमाडौं– जारी बिमस्टेक सम्मेलनको अवसरमै नेपाल र भारतबीच विद्युतीय रेलमार्गको इन्जिनियरिङ अध्ययन सम्झौतामा हस्ताक्षर हुने भएको छ ।


ADVERTISEMENT


भारतको रक्सौलदेखि काठमाडौंसम्म जोड्ने विद्युतीय रेलमार्गको इन्जिनियरिङ अध्ययन सम्झौतामा दुवै देशका प्रधानमन्त्रीद्वय केपी शर्मा ओली र नरेन्द्र मोदीबीच सो सम्झौतामा हस्ताक्षरको तयारी गरिएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ ।


ADVERTISEMENT

# # #


आजै शिखर सम्मेलनको समापन शत्रमा काठमाडौ घोषणापत्र जारी हुने जनाइएको छ । सो घोषणापत्रमा हस्ताक्षर गरेलगत्तै नेपाल र भारतबीच शीर्ष तहमै द्वीपक्षीय सम्झौताको कार्यक्रम राखिएको परराष्ट्र स्रोतले जनाएको हो । यससँगै भारतीय प्रम मोदीले भारतीय सहयोगमा बनेको पशुपति स्थित धर्मशाला नेपाललार्इ हस्तान्तरण गर्ने कार्यक्रम समेत रहेको छ ।

सम्मेलन सकेर भारतीय प्रम मोदी आजै स्वदेश फर्किने कार्यक्रम छ ।