काठमाडौँ– बिहीबारदेखि होटल सोल्टीमा सुरु भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी राष्ट्रको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनको दोस्रो शत्र सुरु भएको छ ।


ADVERTISEMENT


दोस्रो शत्र सुरु हुनुअघि सम्मेलनमा सहभागी सबै सदस्य राष्ट्रका कार्यकारी प्रमुखहरुलार्इ सोल्टीमै ‘रिट्रिट’ दिइएको छ । सम्मेलनको दोस्रो शत्र साढे १० बजे नै सुरु हुने भनिए पनि ११ मात्रै सुरु भएको हो ।


ADVERTISEMENT

# # #


शत्रको सुरुमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बिमस्टेकको १६ औं मन्त्रीस्तरीय बैठकको निर्णयसम्बन्धी रिर्पोट प्रस्तुत गर्दै मन्त्रस्तरीय बैठकको अध्यक्षको हैसियतमा उनले मन्तव्य राखे ।

यस दोस्रो तथा अन्तिम शत्रपछि “बिम्स्टेक शिखर सम्मेलन काठमाडौं घोषणापत्र” पारित हुने जनाइएको छ । त्यसपछि साढे १२ बजेतिर सामूहिक फोटो सेसन गरिने र लगत्तै पत्रकार सम्मेलन गरी सम्मेलन समापनको घोषणा गर्ने पूर्वनिर्धारित कार्यक्रम रहेको छ ।

सम्मेलनमा विदेशी ६ राष्ट्रसहित ७ देशका सरकाररराष्ट्र प्रमुख सहभागी छन् । जसमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशी प्रधानमन्त्री शेख हशिना, म्यानमारका राष्ट्रपति विन मिन्ट, थाइल्यान्डका प्रधानमन्त्री प्रयुट व(चा, भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधानन्यायाधीश ल्यान्पोछिरिङ वाङचुक र श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना रहेका छन् ।