काठमाडौं – नेपालले नेदरल्यान्ड्ससँग आज ऐतिहासिक एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्दैछ । २ खेलको एक दिवसीय क्रिकेट सिरिज नेदरल्यान्ड्ससँग खेल्दै गर्दा नेपालका युवा खेलाडीमाथि सबैको ध्यान केन्द्रित भएको छ ।


ADVERTISEMENT


एमस्टेलभिनस्थित भिरा क्रिकेट मैदानमा नेपालले घरेलु टिम नेदरल्यान्ड्ससँग आज दिउँसो प्रतिस्पर्धा गर्दैछ । नेदरल्यान्ड्सविरुद्ध नेपाल जितको खोजीमा हुनेछ । नेपालको लागि आजको दिन ऐतिहासिक हो । यही ऐतिहासिक खेलमा नेपालका भरपर्दा युवा खेलाडीको प्रदर्शन कस्तो होला भन्ने कौतुहल खेलप्रेमीमा छ । नेपाली युवा खेलाडीमा निकै विश्वास पनि गरिएको छ । नेदरल्यान्ड्सविरुद्ध खेल्ने यी हुन् नेपाली युवा खेलाडी–


ADVERTISEMENT

# # #


आरिफ शेख (अलराउण्डर)

आरिफ शेख नेपालका भरर्दा खेलाडी हुन् । अलराउण्डर आरिफ नेपाललाई जिताउन नायक बन्न सक्ने खुवी भएका खेलाडी हुन् । ब्याटिङको साथै बलिङ पनि आरिफको उत्तिकै राम्रो रहेको छ ।

२० वर्षीय आरिफले नेपाली सिनियर टिमबाट १७ वटा लिष्ट ए को खेल खेलेका छन् । उनले १ अर्धशतक बनाएका छन् । १७ खेलमा उनले २४८ रन बनाएका छन् ।

दीपेन्द्रसिंह ऐरी (अलराउण्डर)

दीपेन्द्रसिंह ऐरी नेपालका प्रभावशाली खेलाडी हुन् । मिडिल अर्डर ब्याट्सम्यान दीपेन्द्रले सिनियर टिमबाट लिष्ट ए को १५ खेल खेलेका छन्, जसमा उनले २ अर्धशतक बनाउँदै ३११ रन बनाएका छन् ।

उनको उच्च स्कोर ६२ रन रहेको छ । बलिङमा पनि दीपेन्द्र उत्तिकै सशक्त प्रदर्शन गर्छन् । उनले विश्वकप छनोटअन्तर्गत प्लेअफको खेलमा पपुवा न्युगिनीविरुद्ध ४ विकेट लिएका थिए । ४।२ ओभर बलिङ गरेका दीपेन्द्रले १४ रन खर्चेर ४ विकेट लिएका थिए भने ब्याटिङमा पनि त्यतिकै उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले अविजित ५० रन बनाउँदै नेपाललाई जित दिलाएका थिए ।

सन्दीप लामिछाने (बलर)

सन्दीप लामिछाने नेपालका चर्चित युवा खेलाडी हुन् । विश्वस्तरीय खेलाडी र चर्चित लिगहरूमा खेलेको अनुभव बटुलेका सन्दीप नेदरल्यान्ड्सको लागि घातक सावित हुन सक्छन् ।

सम्बन्धित समाचार :  नेपाली क्रिकेटको इतिहासमा नयाँ अध्यायको सुरुवात

सन्दीप नेपालका सफल लेग स्पिनर बलर हुन् । उनले आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु मा मात्रै १७ विकेट लिएका थिए ।
सन्दीप लामिछानेले नेपालका लागि सिनियर टिमबाट २१ खेल खेल्दै ४२ विकेट लिइसकेका छन् । सन्दीपले यसअघिका प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । त्यसकारण पनि नेदरल्यान्ड्सविरुद्ध राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।

रोहितकुमार पौडेल (ब्याट्सम्यान)

रोहित कुमार पौडेल छोटो समयमा नै चर्चामा आएका खेलाडी हुन् । यही वर्ष सम्पन्न आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु प्रतियोगितादेखि मात्रै सिनियर टिममा डेब्यु गरेका खेलाडी हुन् उनी ।

रोहित छोटो समयमा उत्कृष्ट प्रदर्शन गर्दै टिममा पर्दै आएका छन् । नामिविया विरुद्ध डेब्यु गरेका रोहितले छोटो समयमा आफूलाई स्थापित गर्न सफल भएका छन् । उनले सिनियर टिमबाट १२ खेल खेल्दै २३७ रन बनाएका छन् भने उनको उच्च स्कोर ४८ रन रहेको छ ।

अनिलकुमार शाह (विकेटकिपर ब्याट्सम्यान)

अनिलकुमार शाह नेपालका युवा खेलाडी हुन् । ओपनिङ तथ विकेट किपर ब्याट्सम्यान अनिलले नेपालका लागि लिष्ट ए मा ५ खेलमात्रै खेलेका छन् । जसमा उनले ५० रन बनाएका छन् ।

गत फेब्रुअरीमा नामिवियामा सम्पन्न आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु प्रतियोगिताअन्तर्गत केन्याविरुद्ध डेब्यु गरेका अनिलमाथि टिमको निकै भरोसा रहेको छ ।
अभ्यास खेलमा निकै लयमा रहेका अनिल नेदरल्यान्ड्सविरुद्ध खेल्ने निकै मौका रहेका छन् ।

ललितनारायण राजवंशी (बलर)

ललितनारायण राजवंशी नेपालका भरपर्दा युवा खेलाडी हुन् । यही वर्षको मार्चमा जिम्बाब्वेमा सम्पन्न आईसीसी विश्वकप छनोट प्रतियोगिताअन्तर्गत जिम्बाब्वे विरुद्ध डेब्यु गरेका राजवंशी त्यसयता सिनियर टिममा छन् ।

सिनियर टिमबाट ६ खेल खेलेका राजवंशीले अहिलेसम्म ५ विकेट लिइसकेका छन् ।