काठमाडौँ– नेपाली क्रिकेटको ऐतिहासिक खेल पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेदरल्याण्डविरुद्ध नेपालले टस जितेर बलिङको निम्तो पाएको छ । नेदरल्याण्डको एमस्टेलभिनस्थित भिएरा क्रिकेट मैदानमा नेपालले पहिलो पटक ओडीआईमा डेब्यू गरेको छ ।


ADVERTISEMENT


नेपालको टिममा पारस खड्काको कप्तानीमा ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, वसन्त रेग्मी, शक्ति गौचन, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र आरिफ सेख रहेका छन् । यस्तै सन्दीप लामिछाने, करण केसी, अनिल कुमार शाह पनि अन्तिम ११ मा अटाएका छन् ।


ADVERTISEMENT

# # #


रोहित पौडेल, ललित राजवंशी, सुवास खकुरेल ललित भण्डारी बेन्चमै रहेका छन् ।