फागुन २ । नेपाल पत्रकार महासङ्घ काभ्रे शाखाले जिल्लामा रहेका महिला पत्रकारका लागि दुईदिने आधारभूत पत्रकारिता तालिमको आयोजना गरेको छ ।


ADVERTISEMENT


जिल्ला विकास समितिको आर्थिक सहयोगमा सञ्चालित सो तालिम राष्ट्रिय सूचना आयोगका आयुक्त किरण पोखरेलले आज शुभारम्भ गर्दै यस्ता तालिमहरु पुरुषलाई भन्दा महिलालाई बढी प्राप्त भए त्यत्तिकै त्यसको प्रवाह बढने बताए । उनले उपेक्षित र पिछडिएकाहरुलाई बढी सूचना उपलब्ध गराउनुपर्ने र त्यसका लागि लक्षित समुदाय पनि अग्रसर हुनुपर्ने पनि जोड दिए ।


ADVERTISEMENT

# # #


स्थानीय विकास अधिकारी टेकराज निरौलाले भने, “हाम्रो यो सहयोग पर्याप्त होइन तर पनि यसले धेरै महत्व राख्नेछ भन्नेमा आशावादी छु ।” प्रेस काउन्सिल नेपालका सदस्य ईश्वरी ओझा र शुभेच्छा विन्दुले पत्रकारिता क्षेत्रमा महिला पत्रकारले निर्वाह गर्नुपर्ने भूमिकाबारे चर्चा गरेका थिए ।

तालिममा जिल्लाका २३ जनाको सहभागिता रहेको थियो ।