फागुन ३ । पर्वत जिल्लाका विकट गाउँमा पनि सदरमुकाम कुस्मामा भन्दा राम्रा र व्यवस्थित खेलमैदान भेटिन्छन् । अझै भलिबल र बास्केटबलको कोर्ट त झनै व्यवस्थित भेटिन्छन् जनजाति बाहुल्य गाउँहरुमा ।


ADVERTISEMENT


पर्वतको उत्तरी क्याङ गाविसमा स्वदेश र विदेशमा रहेका शुभचिन्तकको सहयोगमा प्यारापिटसहितको बास्केटबल र भलिबल कोर्ट निर्माण भएको छ । स्थानीय शिखर युथ क्लबले कोरिया, बेल्जियम र हङ्कङमा रहेका मनकारीहरुको सहयोगमा खेल मैदान निर्माण गरेको क्लबले जनाएको छ ।


ADVERTISEMENT

# # #


क्लबले रु छ लाख ५० हजारको लागतमा ढुङ्गा बिच्छ्याएर प्यारापिट निर्माण गरेको हो । निर्माण गरेको प्यारापिटमा झन्डै ५०० अटाउन सक्ने क्षमता छ । उक्त कोर्ट र प्यारापिट निर्माणका लागि बेल्जियम बस्ने किरण पुन, गुमबहादुर पुन ९सुबेदार०, हङ्कङ बस्ने हेमबहादुर पुनलगायतले आर्थिक सहयोग गरेका छन् । ।

निर्माण भएको खेलमैदान र प्यारापिट जिल्ला खेलकुद विकास समितिका जिल्ला अध्यक्ष प्रेम गुरुङले हिजो यहाँ आयोजित कार्यक्रममा उद्घाटन गर्दै गाउँगाउँमा खेलकुँदको विकासका लागि सक्दो सहयोग गर्ने बताएका थिए ।

यसैगरी सोही कार्यक्रममा स्थानीय किरण पुनका परिवारले बाजुङ आधारभूत प्राथमिक विद्यालयलाई चार रोपनी जग्गा दान गरेका छन् । पुनले जिल्ला खेलकुद विकास समितिलाई रु ५० हजार बराबरको खेलकुद सामग्रीसमेत प्रदान गरेका हुन ।