फागुन ३ । कास्कीमा यस वर्ष रु १४ करोडको सुन्तला बिक्री भएको छ ।


ADVERTISEMENT


जिल्लामा यस वर्ष ६ हजार २०० मेट्रिक टन सुन्तला उत्पादन भएको छ । जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी नारायणजङ्ग खत्रीका अनुसार गत वर्ष ६ हजार ५०० मेट्रिक टन सुन्तला उत्पादन भएको भएका थियो ।


ADVERTISEMENT

# # #


विभिन्न रोगको प्रकोप, बोट सुक्दै जानु र प्रतिकूल मौसमका कारण गत वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादनमा ह्रास आएको खत्रीको भनाइ छ । यस वर्ष जिल्लामा ७८० हेक्टरमा सुन्तला लगाइएको छ ।

जिल्लाका कृस्तीनाच्नेचौर, खाल्टे, थुम्की, भरतपोखरी, निर्मलपोखरी र सल्यान सुन्तला उत्पादनका पकेट क्षेत्र मानिन्छन् ।