काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा राजनीतिक संक्रमण कालको अन्त्य गर्ने प्रयास भइरहेको बताएका छन् ।


ADVERTISEMENT


मंगलबार काठमाडौमा भएको प्रारम्भिक बाल शिक्षबारे अन्तराष्ट्रिय गोष्ठिलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तीनै चरणको निर्वाचनपछि नेपालको राजनीतिक संक्रमणकाल अन्त्यको प्रयास भएको बताएका हुन् । ‘राजनीतिक संक्रमण काल अन्त्य गर्दैछौ, अब शिक्षासँगै विकासको गतिमा अघि बढ्नुपर्छ’ ओलीले भने ।


ADVERTISEMENT

# # #


गुणस्तरीय शिक्षामा जोड दिदै उनले राज्यले शिक्षाका लागि उच्च प्राथमिकतामा वालबालिकालाई राखेको बताए । ‘९० प्रतिशत बालबालिकाको दिमाख ५ बर्षको उमेरमा विकास हुन्छ । त्यो समयमा अभिभावककासाथै समाज र राज्यले पनि उपयुक्त ध्यान दिनुपर्छ’ प्रधानमन्त्री ओलीको भनाई छ ।

सरकारले आगामी बर्षमा शिक्षालाई विशेष प्राथमिकता दिएर योजना र कार्यक्रम ल्याउने भन्दै त्यसको सुरुवात यो बर्षको बजेट कार्यक्रमबाटै भएको बताए ।

कार्यक्रममा शिक्षामन्त्री गिरिराजमणी पोखरेलले नेपालमा ८४ प्रतिशतले शिक्ष सेवा पाएको भन्दै यो एशिया प्रशान्त क्षेत्रको अनुपात ६९ प्रतिशत भएको बताए । उनले शिक्षाको गुणस्तरमा विकास गर्ने भन्दै संसारमा भएको राम्रो मोडेल नेपालको शिक्षामा लागू गर्ने समेत बताए ।