अभिमनु कुमार पटेल, रौतहट– परोहा र बौधिमाई नगरपालिका जोडिने सकड लगभग २ करोडको लागतमा कालोपत्र निर्माण भईरहेको छ ।


ADVERTISEMENT


नरकटिया देखि इलाका प्रहरी कार्यालय कोपवा सम्म ३.२ किलो मिटरको बाटो फराकीलो राजपा नेपाल बिद्यार्थी संघको केन्द्रीय महासचिव युवा नेता ओमलोक कुमार पटेलको बिशेष पहलमा कालोपत्र सडक निर्माण भईरहेको छ ।


ADVERTISEMENT

# # #


युवा नेता पटेलले आफनो पहलमा प्रदेश नं २ को भौतिक पुर्वधार मन्त्रालयबाट बजेट ल्याई कालोपत्र गर्नको लागि डिपिए.आर.गराई विकास हिन क्षेत्रमा ठूलो योगदान, एउटा छुटै पहिचान स्थापना गर्न गईरहको सोही ठाउँको स्थानी वीरेन्द्र प्रसाद यादवले बताएका छन ।

रौतहटको सब भन्दा विकास क्षेत्रमा पछाडी परेका क्षेत्र ऐतिहासमै नाम दर्ज गराएको २ नम्बर क्षेत्र नै हुन बर्षौ देखि यो बाटोमा कुनै पनि राजनीतिक दलको ध्यान जान सक्केको छैन तर एउटा सर्वसधारण युवा नेता आफनो गाउँको विकास कार्य देखी दिक भएका पटेलले आफनो अथक प्रयासमा माटो समेत हाल्न नसकने र आफुलाई जिल्लाको ठूलो नेता ठानी करोडौ रकम यो सकड विस्तार, ग्रभलको नाममा हिनामिना गरी खाउकमाउ व्यक्तिलाई चुनौती दिई जिरजिर अवस्थामा कालोपत्र गराउन लागेको बताए ।

जनप्रतिनीधि बिहीन २० वर्ष देखि कागजको पन्नो कर्मचारी र केही व्यक्तिको आफनो विकास बाहेक जनताको हितमा कुनै कार्य नभएकोले हाम्रो गाउँको जनताहरुको बिशवास एक दमै घटेको थिया तर आफुले मरेको विस्वासलाई जिन्दा गरी प्रदेश सरकारको बजेट ल्याएको युवा नेता पटेल बताएका हुन ।

कालोपत्र सडकको शिलान्यास गर्नको लागि प्रदेश नं २ को भौतिक पुर्वधार विकास मन्त्री माननीय जितेन्द्र सोनल आउने बताए ।

सकड निर्माण कार्य आर्थिक बर्ष २०७५ भित्रमा छिटो भन्दा छिटो सम्पन्न हुनेछ ।