काठमाडौं–टिभीका ‘राम’ भनेर चिनिने अभिनेता गुरमित चौधरी र उनकी श्रीमती देबिना बेनर्जीमाथि एक व्यक्तिले ठगीको आरोप लगाएका छन् । उनीहरुविरुद्ध राजस्थानको नोखामा मुद्दा दर्ता गरिएको छ । गुरमित र उनकी श्रीमती देबिनालाई पुलिसले थाना उपस्थित हुनुपर्ने समन पठाएपछि यसबारे जानकारी भएको हो भारतीय संचार माध्यमले बताएका छन् ।


ADVERTISEMENT


गुरमित र देबिनाले बलिउडमा काम दिलाउने भन्दै ओरोपीबाट ११ लाख भारु लिएको स्रोतले बताएको छ । यद्यपी, गुरमितले यसबारे केही टिप्पणी गर्न अस्विकार गरेका छन् । तर ट्वीटरमार्फत उनको नामको गलत प्रयोग भइरहेको जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


गुरमितले मुम्बई पुलिसमा आरोपीविरुद्ध मुद्दा दर्ता गरेका छन् । गुरमितका अनुसार उनले यस्ता कुनै पनि व्यक्ति चिन्दैनन् जसले उनको खातामा पैसा हालेका छन् । केही मानिसहरुले उनको नामको गलत फाइदा उठाइरहेको उनले आशंका व्यक्त गरेका छन् । आफ्नो मुद्दा दर्ता भइसकेपछि पनि पुलिसले कुनै पनि एक्शन नलिएको गुरमितले ट्वीटरमार्फत जानकारी दिएका छन् ।

यता पुलिसले भने यसबारे अनुसन्धान भइरहेको जानकारी दिएको छ ।