सुर्खेत– वैशाख १३ गतेदेखि काठमाडौंमा हुने १६ वर्षमुनिको मनमोहन मेमोरियल अन्तर प्रदेशस्तरीय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशबाट खेलाडी छनोट गरिएको छ।


ADVERTISEMENT


वैशाख ६ र ७ गते वीरेन्द्रनगरमा भएको छनोट प्रतियोगिताबाट सुर्खेत क्रिकेट संघले प्रतियोगिताका लागि कप्तान र उप–कप्तानसहित १४ जना खेलाडी छनोट गरेको छ।


ADVERTISEMENT

# # #


प्रतियोगितामा प्रदेशका सुर्खेत, दैलेख, जुम्ला, जाजरकोट, रुकुम, सल्यान गरी ६ जिल्लाले सहभागिता जनाएका थिए।

प्रतियोगिताबाट प्रकाश जैशी कप्तान र प्रनव भँडेल उपकप्तानसहित सन्दीप शाही, युनिस विक्रम सिंह, सुरज बुढाथोकी, रितिक शाही, विनित केसी, विमलजंग शाही, भीमबहादुर रावल, दिपक थापा, भविन कुमार सारु, पुजन धमला, दिनेश पुन र युवराज शर्मा छनोट भएका छन्।

यसैगरी, पारस खड्का, आकाश सिंह, सरोज कोइराला र विशाल कठायत वैकल्पिक खेलाडीका रूपमा छनोट गरिएको सुर्खेत जिल्ला क्रिकेट संघका कोषाध्यक्ष रुद्र बहादुर भण्डारीले जानकारी दिए।