सिन्धुपाल्चोक– ऊर्जामन्त्री बर्षमान पुनले आगामी दश वर्षभित्र १० हजार मेगावाट विद्युत उत्पादन गर्ने बताएका छन् ।


ADVERTISEMENT


सानोसिरुवारीमा सौर्य लिफ्ट खानेपानीको उद्घाटन गर्न आएका ऊर्जामन्त्री पुनले आगामी दश वर्षभित्र १० हजार मेगावाट विद्युत उत्पादन गर्ने योजनाका साथ सरकार अघि बढेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


ऊर्जामा आत्मनिर्भर बन्नका लागि सोलार सिस्टममार्फत पनि विद्युत उत्पादन गर्ने र यस्ता वहुउदेश्यी योजनाहरुलाई प्राथामिकता दिने मन्त्री पुनले बताए ।

सोही कार्यक्रममा सहभागी भएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले सोलार सिस्टमलाई घरघरमा जडान गर्ने र बढी भएको विद्युत प्राधिकरणलाई बिक्री गर्ने योजना अघि सारिएको जानकारी दिए ।

यस्तै प्रदेश–३ का सामाजिक विकास मन्त्री युवराज दुलालले आगामी ५ वर्षभित्र आफ्नो क्षेत्रमा कोही पनि टुकी बाल्न नपर्ने अवस्थाको सिर्जना गर्ने बताएका छन् ।