काठमाडौं–इन्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई ७ विकेटले हराएको छ । कप्तान दीनेश कार्तिक र नितिश रानाले चौथो विकेटका लागि ६१ रनको साझेदारी गरेपछि बुधबार राति राजस्थानलाई हराउँदै कोलकाता शीर्ष स्थानमा उक्लिएको हो ।


ADVERTISEMENT


आइपिएलमा पाँचौं खेलबाट कोलकाताको यो तेस्रो जित हो । समान ६ अंक भए पनि २ खेल कम खेलेको सनराइजर्स हैदरावादलाई रनरेटमा पछि पार्दै कोलकाता शीर्षस्थानमा उक्लिएको हो । कोलाकाताले भन्दा हैदरावादले २ खेल कम खेलेको छ ।


ADVERTISEMENT

# # #


राजस्थानले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको कोलकाता ७ बल बाँकी छँदै ३ विकेट गुमाएर विजयी भयो । कोलकाताको जितमा कार्तिकले अविजित ४२ तथा नितिशले अविजित ३५ रन जोडे ।

ओपनर सुनिल नारिनले ३५ तथा रविन उथप्पाले ४८ रनको यादान गरे । ओपनर क्रिस लेन शून्यमा आउट भएका थिए । राजस्थानका लागि क्रिस्नप्पा गोथमले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६० रन बनाएको थियो । उसका लागि अजिन्का राहाणे र डीर्सी सर्टले पहिलो विकेटका लागि ५४ रनको साझेदारी गरेका थिए । राहाणेले ३६ रन बनाए भने सर्टले ४४ रन जोडेका थिए ।

जस बटरले अविजित २४ रन बटुल्दा राहुल त्रिपाठीले १५, बेन स्टोक्सले १४ र क्रिस्नप्पा गौथमले १२ रन बनाएका थिए । कोलकाताका लागि निनिश राना र टम कर्रनले समान २ तथा पियुष चावला, कुलदीप यादव र शिवम माभीले समान १ विकेट लिए ।

आइपिएलमा बिहीबार किङ्स ११ पञ्जाब र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुनेछ ।