काठमाडौं–क्रिष्टियानो रोनाल्डोले स्पेनिस ला लिगामा रियल मड्रिडलाई ठूलो हारबाट जोगाएका छन् । लिग अन्तर्गत रोनाल्डोले गए राति एथ्लेटिको बिल्बाओसँगको खेलमा खेलको अन्तिम समयमा गोल गर्दै टिमलाई ठूलो हारबाट जोगाएका हुन् ।


ADVERTISEMENT


रोनाल्डोको गोलसँगै रियल मड्रिडले घरेलु मैदानमा एथ्लेटिको बिल्बाओसँग १–१ को बराबरी खेलेको हो । खेलको १४ औँ मिनेटमा इनाकी विलियम्सको गोलमा भ्रमण टोली एथ्लेटिको बिल्बाओले अग्रता लियो ।


ADVERTISEMENT

# # #


पहिलो हाफसम्म १–०ले पछि परेको घरेलु टोलीका लागि खेल सकिन ३ मिनेट बाँकी हुँदा रोनाल्डोले गोल गर्दै खेल बराबरीमा ल्याए । लुका मोड्रिकले प्रहार गरेको बल क्रसबारमा लागेर फर्किए पछि खेलमा पछप परिसकेको रियलका लागि गोल गर्दै रोनाल्डोले हारबाट जोगाए ।

रोनाल्डोले यो सिजन रियलका लागि सबै प्रतियोगितामा गरेर ३९ खेलमा ४२ गोल गरिसकेका छन् । लिगमा तेस्रो स्थानमा रहेको रियल मड्रिडको पाँच खेल खेल्न बाँकी हुँदा ६८ अंक भएको छ । उ शीर्ष स्थानको बार्सिलोना भन्दा १५ अंकले पछि छ ।

यस्तै दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिड भन्दा तीन अंकले पछि छ ।