काठमाडौं–इङ्गलिस प्रिमियर लिगमा अन्तर्गत बुधबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले बर्नमाउथलाई २–० ले हराएको छ । युनाइटेडलाई जिताउन क्रिस स्मलिङ र लुकाकुले एक–एक गोल गरे ।


ADVERTISEMENT


यो म्यानचेस्टर युनाइटेडको २३ औं जित हो । शीर्ष स्थानको म्यानचेस्टर सिटीसँगको अंक दुरी घटाउन युनाइटेड सफल भएको छ । जितपछि लिगमा युनाइटेडले ३४ खेलबाट ७४ अंक पुर्‍याएको छ । उसले अब लिगमा चार खेल्न मात्र बाँकी छ ।


ADVERTISEMENT

# # #


युनाइटेडभन्दा एक खेल कम खेलेको सिटीले ८७ अंक जोड्दै उपाधि जितिसकेको छ ।