काठमाडौं–ब्राजिलीयन स्टार खेलाडी नेइमारले विश्वकप फुटबलका लागि आफू फिट हुने दाबी गरेको छन् । महङ्गो मूल्यमा यसै सिजन पिएसजी गएका नेइमार फ्रेन्च लिग वान अन्तर्गतको खेलमा खुट्टामा चोट लागेपछि फेब्रुअरी २५ देखि मैदान बाहिरै छन् ।


ADVERTISEMENT


यसैबीच साओ पाउलोमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेइमारले आफू रिकभर भइरहेको भन्दै विश्वकपमा फिट हुने बताएका हुन् । उनका अनुसार मे १७ देखि प्रशीक्षणमा फर्किनेछन् ।


ADVERTISEMENT

# # #


उनले आफू विश्वकपमा उच्च लयका साथ आउने विश्वास लिएको बताए । गएको साताको स्वास्थ्य परीक्षणमा राम्रो देखिएको भन्दै उनले मे १७ मा हुने अन्तिम परीक्षणपछि आफू खेल्नका लागि स्वतन्त्र हुने बताए ।

नेइमारले यसअघि घरेलु मैदानमा भएको सन् २०१४ को विश्वकपमासमेत खेलेका थिए । पाँच पटकको विश्व विजेता ब्राजिल सेमिफाइनलमा जर्मनीसँग ७–१ ले पराजित भएको बेला उनी चोटका कारण मैदान बाहिर थिए ।

रूसमा हुने विश्वकप फुटबलमा पहिलो खेल ब्राजिलले जुन १७ मा स्वीट्जरल्याण्डसँग खेल्दैछ । यसका लागि नेइमार एक महिनाअघिनै अभ्यासका लागि मैदान आउने अपेक्षा ब्राजिलले गरेको छ । यो सिजन पिएसजीका लागि उनले १६ गोल गरिसकेका छन् । उनको टोली यसअघिनै फ्रेन्च लिग च्याम्पियन भइसकेको छ ।