काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै राजनीतिक दललाई सहमतिमा ल्याउने प्रयास र स्थानीय तहको निर्वाचन दुई चरणमा गर्नु पर्नाको कारणबारे निर्वाचन आयोगका पदाधिकारीसँग आज परामर्श गरेका छन् ।


ADVERTISEMENT


सरकार र आन्दोलनरत मधेस केन्द्रित दलसँग शनिबार भएको सहमतिअनुसार केही प्रदेशमा दोस्रो चरणमा निर्वाचन गर्नुपर्ने भएकाले सो सम्बन्धमा आवश्यक तयारीका बारेमा छलफल गरिएको हो । प्रधानमन्त्री र आयोग पदाधिकारीबीच आज भएको छलफलमा दोस्रो चरणको निर्वाचन र त्यसको तयारीबारे आयुक्तहरुसँग परामर्श गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


शनिबार सरकार र सङ्घीय गठबन्धनबीच भएको सहमति कार्यान्वयन गर्ने क्रममा प्रधानमन्त्रीले आयुक्तसँग परामर्श गरेका हुन् । परामर्शकै आधारमा आवश्यक निर्णय गरिने र सोही आधारमा आयोगलाई आग्रह गरिने बताइएको छ ।