काठमाडौँ– उपप्रम वरियता विवादका कारण लामो समयदेखि मन्त्रीपरिषद्को बैठकमा अनुपस्थित हुँदै आएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि आजको मन्त्रिपरिषद बैठकमा सहभागी  भएका छन्। काँग्रेस सभापति शेरबहादुर देउवाको निर्देशनमा गृहमन्त्री निधि मन्त्रिपरिषद बैठकमा सहभागी भएका  हुन् ।


ADVERTISEMENT


उपप्रधानमन्त्री निधिका प्रेस संयोजक रामजी दाहालका अनुसार देश, मधेश र काँग्रेसको हितलाई ध्यानमा राखेर बैठकमा सहभागी हुन लागेको जनाइएको छ। ‘उहाँको पहिलेका अडान कायमै राखेर उहाँ बैठकमा सहभागी हुन लाग्नु भएको हो’ प्रस संयोजक दाहालले भने । मन्त्रिपरिषदको आइतवारको बैठकमा आन्दोलनरत मधेशी मोर्चालाई निर्वाचनमा सहभागी गराउने गरी संविधान संशोधनको प्रस्ताव ऐजेण्डाको रुपमा आउँदैछ । ‘त्यसैले पनि उहाँ बैठकमा सहभागी हुन लाग्नु भएको हो’दाहालले भने।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गत चैत १० गते चीन भ्रमणमा जानु भन्दा पहिलेदेखि रहेको वरियता विवादका कारण उपप्रधान तथा गृहमन्त्री निधिले मन्त्रिपरषद बैठकमा नजाने निर्णय लिएका थिए । प्रधानमन्त्री प्रचण्डले अर्का उपप्रधानमन्त्री कमल थापालाई आफूपछिको दोस्रो वरियतामा राखेपछि गृहमन्त्री निधि असन्तुष्ट रहदै आएका थिए ।