काठमाडौं– नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको निधन भएको छ । उनको भारतको नयाँ दिल्लीमा उपचारका क्रममा निधन हो ।


ADVERTISEMENT


नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले हिमालय पोष्टलाई बताए अनुसार नेता खड्काको नयाँदिल्लीस्थित अपोलो अस्पतालमा शुक्रबार बेलुका ५ः१५ मा निधन भएको हो ।


ADVERTISEMENT

# # #


अपोलो अस्पतालमा उपचाररत नेता खड्काको स्वास्थ्य अवस्था बुझ्न कांग्रेसले चैत १३ गते केन्द्रीय सदस्यद्वय रमेश लेखक र शंकर भण्डारीलाई भारत पठाएको थियो ।

शुक्रबार मात्रै स्वदेश फर्किएका नेता लेखकले आजको केन्द्रीय कार्यसमितिको बैठकमा बिरामी नेता खड्काको स्वास्थ्य अवस्था गम्भीर रहेको र थप उपचारका लागि अल इण्डिया मेडिकल कलेजमा सार्ने तयारी भइरहेको जानकारी गराएका थिए ।