काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले सहकारी ठगी प्रकरणमा लामिछानेको संलग्नता रहेको दाबी कांग्रेसको रहेको बताए ।


ADVERTISEMENT


शुक्रबार प्रतिनिसिधभा बैठकपछि संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महामन्त्री थापाले संसदीय समितिमार्फत कांग्रेसको दाबी झुटो भए आफू राजनीति छाड्न तयार रहेको बताए । यसअघि गृहमन्त्री रवि लामिछानेले आफूले ऋण लिनका लागि सहकारीमा निवेदन दिएको प्रमाणणित भए राजनीति छाड्ने होइन भने थापाले राजनीति छाड्न्पर्ने बताएका थिए ।


ADVERTISEMENT

# # #


जसका जवाफमा महामन्त्री थापाले संसदीय छानविन समितिबाट गृहमन्त्री आफै भागेको बताए । उनले भने, ‘संसदीय छानबिन समिति बनाएर हामीले उठाएका मुद्दामा छानबिन गरेर गगन थापालाई मात्रै किन काँग्रेसलाई नै लज्जित बनाउनुस् न, हात्ती आयो, हात्ती आयो फुस्सा भयो भने म त छोडेर गइहाल्छु, सिंगो काँग्रेसलाई कस्तो अप्ठ्यारो पर्ला ? किन माया गर्नुहुन्छ काँग्रेसलाई ?’

साथै उनले राज्यको निकाय परिचालन गरेर कांग्रेसले लगाएको आरोपको ढाकछोप गर्ने काम भएको धारणा राखे । संसदमा कांग्रेसले गृहमन्त्रीलाई बोल्न दिने तयारी गरेको भए पनि त्यसपछि कांग्रेसका कसैले पनि बोल्न नपाउने भनेकाले विरोध जनाएको उनको भनाइ छ ।

‘आज हामीले गृहमन्त्रीलाई तपाईं बोल्नहोस्, आफ्ना कुरा राख्नुस्, तपाईंको कुरा चित्त बुझेन भने हामी आफ्नो कुरा राख्छौँ भन्दा गृहमन्त्रीले बोल्न पाउने, गृहमन्त्रीले बोलेपछि काँग्रेसले बोल्न नपाउने भन्नुभो । जसका कारण अवरुद्ध भएको हो ।’

महामन्त्री थापाले गृहमन्त्रालयले सबै प्रमाण लुकाउने काम गरिसकेको अरोप पनि लगाए ।