रौतहट– शुक्रवार बिहान अचानक हावाहुरीका साथ असिना र पानी पर्दा जिल्लाको बिभिन्न स्थानमा करोडौको क्षति भएको छ ।


ADVERTISEMENT


जिल्लाको यमुनामाइ गाउँपालिका, दुर्गा भगवती गाउँपालिका तथा माधव नारायण, देवाही गोनाही, गढीमाइ लगाएतका नगरपालिकामा बढी क्षती पुगेको छ ।


ADVERTISEMENT

# # #


करीव आधा घण्टासम्म लगातार परेको असिना पानीले सयौ घरहरुको छानामा क्षती पुर्याएको छ । सयौ बिगाह जमिनमा लगाइएको अन्नवाली तथा तरकारी वाली नष्ट भएका यमुनामाई गाउँपालिका वडा अध्यक्ष चेतन यादवले बताए ।

आप, लिचीमा चिचिला लाग्ने समयमा असिना पर्दा ठुलो क्षती भएको पीडित किसानले बताएका छन । इटा व्यवसायी पनि पीडित बनेका छन ।