रौतहट–जिल्लाको चन्द्रपुर नगरपालिका–५, तल्लो बजारमा रहेको एक हार्डवेयर पसलमा आगलागी भइरहेको छ । बजारमा रहेको राहुल हार्डवेयर पसलमा बिहानैदेखि आगलागी भइरहेको हो । बिहान साढे ६ बजेबाट लागेको आगो नियन्त्रणका लागि प्रयास भइरहे पनि सफल हुन सकेको छैन । प्लास्टिक, प्लाइउड र फलामका सामानहरुको ठूलो गोदाममा आगो लागेकाले निभाउन समस्या परिरहेको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT


जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले चन्द्रपुर नगरपालिका–५, तल्लो बजारमा रहेको राहुल हार्डवेयरमा बिहानैदेखि लागेको आगो नियन्त्रणका लागि प्रयास भइरहेको जानकारी दिए । प्रहरी उपरीक्षक पोखरेलका अनुसार, आगो नियन्त्रणका लागि गौर र चन्द्रपुर नगरपालिकाको अग्नी नियन्त्रकसँगै बारा, सर्लाही र हेटौंडाबाट समेत दमकल ल्याइएको छ । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीय बिहानैदेखि आगो नियन्त्रणका लागि खटिएका छन् ।


ADVERTISEMENT

# # #


आगो हार्डवेयर पसलमा लागे पनि अन्यत्र भने फैलिएको छैन । प्रहरीले आगो अन्यत्र फैलन नदिन सतर्कता अपनाएको जनाएको छ । आगलागी विद्युत्त सर्टका कारण लागेको प्रारम्भिक अनुमान गरिए पनि खुलेको छैन ।