काठमाडौं– नेपाल राष्ट्र बैंकले बैक तथा वित्तीय सँस्थामा ३ अर्ब ६७ करोड २६ लाख रुपैयाँ लगानी गर्ने भएको छ ।


ADVERTISEMENT


केन्द्रिय बैंकले १ वर्षे मुद्दती निक्षेपमा सो रकम लगानी गर्न लागेको हो । २०७५ बैशाख २ गतेदेखि २०७६ बैशाख १ गतेसम्म वाणिज्य बैंक, विकास बैंक र फाइनान्स (वित्त कम्पनी) कम्पनीमा मुद्दती निक्षेपको रुपमा सो रकम रहनेछ ।


ADVERTISEMENT

# # #


बाणिज्य बैंकमा २ अर्ब ९३ करोड ६१ लाख रुपैयाँ, विकास बैंकमा ५५ करोड ९ लाख रुपैयाँ र बित्त कम्पनीमा १८ करोड ३६ लाख रुपैयाँ लगानी गरिने राष्ट्र बैंकले जनाएको छ । पछिल्लो समय बैंक् तथा वत्तिय सँस्थमा देखिएको लगानीयोग्य रकमको अभावलाई केही सहज बनाउन एक वर्षे मुद्दती निक्षेपमा सो रकम दिन लागेको हो ।

यो रकम लिन चाहने बैंक तथा वित्तिय सँस्थाले बिहिबार (चैत १५ गते) दिउँसो ३ बजेसम्म आफुले लिन चाहेको रकम र ब्याजदर समेत उल्लेख गरी बोलपत्र पेश गर्नुपर्ने नेपाल राष्ट्र बैंक अन्र्तगत वित्त वयास्थापन विभागले जनाएको छ । राष्ट्र बैंकले यो निक्षेप लैजान सँस्था सञ्चालन भएको २ वर्ष हुनुपर्ने, न्युनतम पुँजीकोष कायम भएको हुनुपर्ने, निस्क्रिय कर्जा ५ प्रतिशत भन्दा कम हुनुपर्ने लगायत ११ वटा शर्त तोकेको छ ।