काठमाडौं–बल टेम्परिङको विवादमा फसेको क्रिकेट अष्ट्रेलियाका तीन खेलाडीहरु स्वदेश फर्किएका छन् । कप्तान स्टिभ स्मिथ, उपकप्तान डेभिड वार्नर र व्याट्समान क्यामरन बेनक्राफ्ट घर फिर्ता भएका हुन् । स्टिभ स्मिथ, डेभिड वार्नर र क्यामरन बेनक्राफ्टको स्थानमा म्याथ्यू रेनशा, ग्लेन म्याक्सवेल र जो बर्न्सलाई दक्षिण अफ्रिका पठाइने छ । विकेटकिपर टिम पेनलाई अस्ट्रेलियाको कप्तान बनाइएको छ ।


ADVERTISEMENT


अष्ट्रेलियाको टिम दक्षिण अफ्रिकामा टेस्ट सिरिज खेल्दै आएको छ । अष्ट्रेलियाले जोहानेसबर्गमा चौथो टेस्ट शुक्रबारदेखि खेल्दैछ । तेस्रो टेस्टको क्रममा अष्ट्रेलियाका ओपनर क्यामरुन बेनक्राफ्टले ‘बल टेम्परिङ’ अर्थात नियतबस बल बिगारेको भिडियो फुटेज सार्वजनिक भएको थियो । लगत्तै बेनक्राफ्टले आफ्नो गल्ती स्वीकार गरे भने स्मिथले यसबारे आफू पहिल्यै जानकार रहेको बताएका थिए । बेल टेम्परिङको विषयले क्रिकेट अष्ट्रेलियाको निकै आलोचना भइरहेको छ ।


ADVERTISEMENT

# # #


क्रिकेट अस्ट्रेलियाका प्रमुख एक्जिक्युटिभ जेम्स सन्डरल्याण्डले स्मिथ, वार्नर र बेनक्राफ्टविरुद्ध कडा प्रतिवन्ध लाग्न सक्ने बताएका छन् । उनका अनुसार प्रमुख प्रशिक्षक ड्यारन लेहम्यान भने यस विवादमा सामेल छैनन् र उनी पदमा कायमै रहने छन् ।

सन्डरल्याण्डले पत्रकार सम्मेलन गर्दै क्रिकेट प्रशंसकहरुसँग माफी मागेका छन् र भनेका छन्, ‘यो खेल भावनाअनुसार छैन । यो अस्ट्रेलिया क्रिकेटको लागि नराम्रो दिन हो ।’