काठमाडौं–गत सोमबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा भएको यूएस —बांग्ला एयरलाइन्स विमान दुर्घटनाका ४९ मृतकमध्ये ३२ जनाको सनाखत भएको छ ।


ADVERTISEMENT


सनाखत तथा शव बुझाउने कार्यमा संलग्न सहायक प्रहरी नायव उपरीक्षक बिशाल भण्डारीले ३२ जनाको शब शनाखत भएको जानकारी दिएका छन् । उनले शनिबारदेखि आफन्तलाई शव जिम्मा लगाउने काम समेत सुरु भएको जानकारी दिए ।


ADVERTISEMENT

# # #


भण्डारीका अनुसार अहिलेसम्म १७ जना बंगलादेश, १४ जना नेपाली र १ जना चिनियाँ नागरिकको शबको पहिचान भएको छ । जसमध्ये १५ जनाको शब आफन्तलाई जिम्मा लगाइएको हो । १ चिनियाँ र १४ जना नेपाली नागरिकको शव आफन्तलाई जिम्मा लगाइएको भण्डारीको भनाई छ ।

बंगलादेशी नागरिकको शव भने सबै पहिचान पछि सबै बंगलादेशी दूताबासलाई जिम्मा लगाइने बताइएको छ । यूएस —बंगला एयरलाइन्सको सो विमानमा ४ जना चालकदल सहित ७१ जना सवार थिए । दुर्घटनामा परी ४९ जनाको मुत्यू भएको थियो । घाइते २२ जनाको अहिले काठमाडौको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।