हुम्ला– हुम्लाको कर्णालीमा साहसिक जल यात्रा सुरु गरिएको छ । कर्णाली र्‍याफ्टिङ एण्ड एड्भेन्चर प्रा.लि कैलालीसँगको सहकार्यमा हुम्ला र्‍याफ्टिङ तथा जल यात्रा सेवाले हुम्ला जिल्लाको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय सम्भावना बोकेको खार्पुनाथ मन्दिरबाट साहसिक जल यात्रा सुरु भएको हो ।


ADVERTISEMENT


कर्णालीको जलयात्रा अन्य नदीको तुलनामा बढी आनन्ददायी र रोमाञ्चक हुनुका साथै खार्पुनाथको पर्यटन प्रर्बद्धनमा समेत टेवा पुग्ने देखिएको छ । पशुपतिनाथ, मुक्तिनाथ र खोच्यारनाथ जस्तै चर्चित तर ओझेलमा परेको धार्मिकस्थल खार्पुनाथ देखि सुरु गरिएको साहसिक जल यात्राले पर्यटन प्रर्बद्धन गर्ने लक्ष्य राखेको हुम्ला र्‍याफ्टिङ तथा साहसिक जल यात्राका मेनेजर बुद्धिराम बुढाले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


साहसिक जलयात्रालाई पूर्ण रुपमा सुरक्षित वातावरणबाट सञ्चालन गर्ने र सहभागी पर्यटकहरुको सुरक्षाको प्रत्याभुति दिन निरन्तर रुपमा अगाडि बढ्ने प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताएका छन् ।

जलयात्राले हुम्ली दङ्ग

हुम्ला कर्णालीमा र्‍याफ्टिङ तथा जलयात्रा सञ्चालन भएपछि हुम्लाका स्थानीयहरु दङ्ग परेका छन् । नदीमा र्‍याफ्टिङ सञ्चालन हुँदा कहाँबाट के आयो भनेर हेर्नेहरुको घुइँचो लागेको थियो । धार्मिक पर्यटकीय सम्भावना बोकेको खार्पुनाथ मन्दिरबाट ४५ मिनेट पानीमा यात्रा भएको देखेपछि स्थानीयहरु तछाडमछाड गरी हेर्न आएका थिए ।

नियमित रुपमा जलयात्रा सञ्चालन गर्ने हो भने हुम्ला जिल्लालाई जल पर्यटनको विकास विकास गर्ने सकिनेमा सरोकारवाला निकायहरुले चासो देखाउन थालेका छन् ।