काठमाडौँ – नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले भिजिट भिसा प्रकरणलाई मानवतस्करीसंग जोडेर हेर्न नमिल्ने बताएका छन् ।


ADVERTISEMENT


बिहीबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै घिमिरेले आफ्नै इच्छाले मानिसहरु भिजिट भिसाका माध्यमबाट बाहिर गएकाले त्यसलाई मानवतस्करीसंग जोडेर हेर्न नमिल्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


भिजिट भिसा प्रकरणमा अख्तियारले अनुसन्धान गरिरहेको र मुद्दा अभियोजन समेत नभएको अवस्थामा कसैलाई दोषी किटान गर्न नमिल्ने उनले बताए ।

उनले भने, ‘यो पैसा लिएर पठाउने कुरा भएको हो । यसमा जो मान्छे जान चाहन्थ्यो, त्यसलाई पैसा लिएर पठाइयो । कसैले कसैलाई लिएर बेच्यो, कसैलाई कहीँ पुर्याएर लाभ लिए पो मानव बेचविखन भयो । जेलाई पनि मानव बेचविखन भनिदिने ?’

भिजिट भिसा प्रकरणमा अनावश्यक माग राखेर रास्वपालाई फिर्ता हुन गाह्रो भइरहेको भन्दै घिमिरेले वार्ता गरेर रास्वपालाई सहमतिमा ल्याउने जिकिर गरे ।

उनले थपे, ‘अहिले मुद्दाको अभियोजन भएको छैन, अनुसन्धानकै क्रममा छ । अहिले नै गृहमन्त्रीले मानवबेचविखन गर्यो भनेर बेतुकको कुरा गर्नु बेअर्थ छ । यो कुरामा रास्वपा फस्यो ।’

घिमिरेले संदनमा देखिएको समस्या केहि दिनमा नै समाधान हुने उल्लेख गरे ।