काठमाडौँ – सुनसरीको बराहक्षेत्र न.पा. वडा न. १० प्रकाशपुरमा “लागु औषध दुर्व्यसन विरुद्धको अभियान र यसको नियन्त्रण सम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम” सञ्चालन गरिएको छ ।
बिहीबार प्रकाशपुरस्थित पिपलबोटे बचत तथा ऋण सहकारी संस्थाको सभाहलमा एमाले नेतृ तथा समाजसेवी रेशु तामाङको संयोजकत्वमा उक्त कार्यक्रम आयोजना गरिएको हो । बराहक्षेत्र नगरपालिकाको उप–प्रमुख नन्द कुमारी सुनुवारको प्रमुख आतिथ्यता उक्त कार्यक्रमबाट सरस्वती मा.बि. राजावास र प्रकाश मा.वि.प्रकाशपुरमा अध्ययनरत ४५ जना छात्र छात्रा लाभान्वित भएका छन् ।
यस्तै कार्यक्रममा नेकपा एमाले बराहक्षेत्र नगर कमिटीको अध्यक्ष सीता भण्डारी पौडेलको विशिष्ट आथित्यता तथा इलाका प्रहरी कार्यालय महेन्द्रनगर, चक्रघट्टी सुनसरीका कार्यालय प्रमुख प्रहरी निरीक्षक दिवश कुंवर, प्रहरी चौकी प्रकाशपुरका प्र.ना.नि.कृष्ण आचार्य लगायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनीधी उपस्थित थिए ।
कार्यक्रम सञ्चालन पश्चात सञ्चालन गरी प्रमुख अतिथी, विशिष्ट अतिथी र अतिथीहरुलाई मायाको चिनो प्रदान गर्नुका साथै विद्यार्थीहरुलाई प्रमाणपत्र समेत वितरण गरी सम्पन्न भएको छ ।
उक्त “लागु औषध दुर्व्यसन विरुद्धको अभियान र यसको नियन्त्रण सम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम” मा इलाका प्रहरी कार्यालय महेन्द्रनगर, चक्रघट्टी सुनसरीका कार्यालय प्रमुख प्रहरी निरीक्षक दिवश कुंवरले प्रस्तुतीकरण दिएका थिए ।