काठमाडौँ – वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले स्वदेशी काठलाई उपयोग गर्ने सरकारको नीति रहेको बताएका छन् ।


ADVERTISEMENT


सिंहदरबारमा बिहीबार बसेको राष्ट्रियसभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा मन्त्री शाहीले वन क्षेत्रमा रहेका ढलापडा र सुकेका काठलाई उपयोग गर्ने गरी सरकारको नीति तथा कार्यक्रमका साथै बजेटमा उल्लेख गरिएको बताए ।


ADVERTISEMENT

# # #


बिगतमा बिभिन्न कारणले स्वदेशी काठको उपयोग भन्दा विदेशी काठ फर्निचरमा प्रयोग गरेको पाइएको उनले बताए ।

मन्त्री शाहीले वन सम्बन्धी यसअघि ऐन कानूनहरु अहिले समस्याका रुपमा देखिएकाले समयानुकुल संशोधन गर्न लागिएको जानकारी दिए । उनले सुख्खा याममा हुने वन डडेलो प्रति मन्त्रालय गम्भीर भएपनि केन्द्रले मात्रै वन डडेलो नियन्त्रण गर्न नसक्ने भएकाले तीनै तहबीच समन्वय हुनुपर्ने उल्लेख गरे ।

त्यस्तै मन्त्री शाहीले मानव वन्यजन्तुबीचको द्वन्द्वका कारण सिर्जित समस्यालाई न्यूनीकरण गर्न पनि नीतिगत सुधार गर्दै लैजाने काम भइरहेको बताए ।

समिति सभापति सोना गेल्जेन शेर्पाले राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तु बीचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदनले दिएका सुझावलाई कार्यान्वयन गर्न वन मन्त्रालयलाई निर्देशन दिएको छ ।