काठमाडौँ– नेपालका चर्चित क्यान्सर रोग विशेषज्ञ डा. भोला प्रसाद रौनियारले अब नोबेल मेडिकल कलेज अन्तर्गत सञ्चालित नोबेल क्यान्सर अस्पताल, कञ्चनबारी, विराटनगरमा सेवा प्रदान गर्ने भएका छन्।


ADVERTISEMENT


यससँगै पूर्वी नेपालमै अनुभवसहितको क्यान्सर उपचार सेवा थप सशक्त बनेको छ। राजधानी जानु पर्ने बाध्यता अब ह्रास हुँदै जाने विश्वास गरिएको छ।


ADVERTISEMENT

# # #


डा. रौनियार नेपालका अग्रणी मेडिकल अङ्कोलोजिस्टमध्ये एक हुन् । चार दशकभन्दा बढी समयदेखि क्यान्सर उपचारमा समर्पित उहाँले स्तन, डिम्बाशय, फोक्सो लगायतका ठूला ट्युमरहरूमा लक्षित उपचार, इम्यूनोथेरापी, फैलिएको क्यान्सर तथा पालीएटिभ केयरमा विशेष दक्षता हासिल गरेका छन्। उनी किमोथेरापीबाट हुने जटिलता र साइड इफेक्टको व्यवस्थापनमा पनि विज्ञ हुन्।

उहाँले यसअघि बी।पी। कोईराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरमा लामो समय सेवा दिनुका साथै मेडिकल अङ्कोलोजी विभागको प्रमुखको जिम्मेवारी समेत सम्हालेका थिए । उनको नोबेलमा आगमनसँगै अस्पतालले विशेषज्ञ सेवा थप विस्तार गरेको छ।

नोबेल क्यान्सर अस्पतालले हालै करिब ३ अर्ब ४० करोड रुपैयाँको लगानीमा अत्याधुनिक उपकरणसहितको नयाँ भवन सञ्चालनमा ल्याएको छ। अस्पतालमा ६डी काउच, हाइपर आर्क, एसआरएस, एसबीआरटी, ब्राकी थेरापी, र एचडीएमआईसी प्रविधिहरू प्रयोगमा छन्, जसबाट बिना शल्यक्रिया नै क्यान्सरको लक्षित उपचार सम्भव भएको छ।

यस्तै, नेपालमै पहिलोपटक नोबेलले न्युरो इन्ट्राअप्रेटिभ एमआरआई प्रविधिको प्रयोग गरी हजारौँ सफल न्युरो सर्जरी गरिसकेको छ। अत्याधुनिक प्रविधिको प्रयोगले सर्जरीको जटिलता घटाउनुका साथै सुरक्षित र प्रभावकारी उपचारको सम्भावना उच्च बनाएको छ।

हाल नोबेल क्यान्सर अस्पतालमा ओपीडी, प्रयोगशाला, सिटी स्क्यान, एमआरआई, किमोथेरापी, शल्यक्रिया, रेडिएसन थेरापी लगायत सम्पूर्ण सेवा सञ्चालनमा छन्। यसले नेपालमै उत्कृष्ट क्यान्सर उपचार केन्द्रको रूपमा नोबेलको छवि थप मजबुत बनाएको छ।