काठमाडौँ – भिजिट भिसा प्रकरणमा सत्तापक्ष र प्रतिपक्षबीच दुई बुँदे सहमति भएको छ । शुक्रबार भएको उक्त सहमतिमा सत्तापक्षका तर्फबाट नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला र प्रतिपक्षी दलका तर्फबाट नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले हस्ताक्षर गरेका हुन् ।


ADVERTISEMENT


दुई बुँदे सहमति अनुसार पहिला बुँदामा भिजिट भिसा प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको अनुसन्धानका लागि मागे बमोजिम सरकारले आवश्यक सहयोग गर्ने उल्लेख छ । यस्तै दोस्रो बुँदामा अध्यागमन र भिजिट भिसाका सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्न नेपाल सरकारले आवश्यक अध्ययन एवम् छानबिन गरी नीतिगत, कानुनी र संरचनागत सुधारका लागि उपयुक्त व्यवस्था गर्न ठोस पहल गर्ने प्रतिवद्धता नेपाल सरकारले गर्ने उल्लेख छ ।


ADVERTISEMENT

# # #


सहमति भएसँगै भिजिट भिसा प्रकरणलाई लिएर जेठ १३ गतदेखि निरन्तर प्रभावित हुदै आएको संसदको कामकारवाही सुचारु हुनेछ । यद्दपि सत्तापक्ष र प्रतिपक्षबीच सहमति भए पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने सहमति जनाएको छैन ।

रास्वपाले गृहमन्त्रीले राजीनामा दिनुपर्ने आफ्नो अडान कायमै राखेको छ ।

No description available.