काठमाडौँ – प्रतिपक्षी दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अवरोधकै बीच प्रतिनिधिसभा बैठक सुरु भएको छ ।
बैठक सुरु हुनासाथ रास्वपा र राप्रपाका सांसदहरुले टेबल ठटाएर विरोध गरे । सभामुख देवराज घिमिरले बोल्नका लागि समय दिने तर बैठक सुचारु गर्न सहयोगका लागि आग्रह गरे । तर, रास्वपा र राप्रपाका सांसदहरुले उठेर विरोध गरिरहेपछि सभामुखले विरोधकै बीच सदन अघि बढाएका हुन् ।
यसक्रममा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो भनाई राखेका छन् ।
भिजिट भिसा प्रकरणमा सरकारले छानबिन समिति गठन गर्न अस्वीकार गरेसँगै विरोधमा उत्रिएका छन् । जुका कारण जेठ १३ देखि बैठक अवरोध हुँदै आएको छ ।