काभ्रेपलाञ्चोक– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कसैको मातहतमा नरहेको र कहिल्यै नरहने बताएका छन् ।
उनले आज काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयु)को ३०औँ दीक्षान्त समारोह (दोस्रो चरण)लाई सम्बोधन गर्दै नेपाल सानो राष्ट्र भए पनि कसैको दयामायाले मातहतमा नरहेको उल्लेख गर्दै स्वाधीनताका साथ बसेको बताए ।
“दुनियाँमा नेपाल नेभर पोलोनाइज, कसैको मातहतमा रहेन र रहँदैन पनि, विदेशी शक्तिलाई ढिम्किनसमेत दिइएन, बरु तोपसँग पुर्खाले चक्कु लिएर तोपलाई हराएर देशको स्वाधिनता बचाएका हुन्”, काठमाडौँ विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले भने ।
उनले ‘नेपाली बहादुर’ मात्रैको परिचयले नपुग्ने भएकाले नेपाली राम्रो जनशक्ति पनि हो भनेर परिचय थप्नुपर्ने बताए ।