एजेन्सी – एयर इण्डिया का विमान दुर्घटनाग्रस्त भएपछि भारतको अहमदाबादस्थित सरदार वल्लभ भाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ। विमानस्थलले अर्को सूचना जारी नभएसम्मका लागि सम्पूर्ण उडान र अवतरण निलम्बित गरेको हो ।
विमानस्थलका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अहमदाबादबाट लन्डन, ग्याटविकका लागि उडान नम्बर ‘एआई १७१’ आज उडान भरेको केही समयपछि दुर्घटनाग्रस्त भयो। फलस्वरूप, सरदार वल्लभ भाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थल हाल बन्द छ। अर्को सूचना नभएसम्म सबै उडानहरू निलम्बित रहनेछन्।’
‘सम्पूर्ण यात्रुहरु एयरपोर्ट आउँदा पहिले आफ्नो एयरलाइन्सबाट ताजा सूचना लिन अनुरोध छ । हामी तपाईंलाई सहयोग र धैर्य गर्न अनुरोध गर्छौँ । नयाँ जानकारी मिल्ने बित्तकै तपाईंहरुलाई प्रदान गरिनेछ । ’
बिहीबार अहमदावाद विमानस्थलबाट लण्डन प्रस्थान गरेको एयर इण्डियाको जहाज उडेको दुई मिनेटमै दुर्घटना भएको थियो । विमानमा चालक दलका सदस्यसहित २४२ सवार थिए ।