काठमाडौं – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट तयारीका सन्दर्भमा संसदमा प्रमुख विपक्षी दल नेकपा (माओवादी केन्द्र) का नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन्।


ADVERTISEMENT


सोमवार संसदमा नीति तथा कार्यक्रममाथि भइरहेको छलफलको अवसरमा विपक्षी दलका नेतासँग अर्थमन्त्रीले परामर्श गरेका हुन्। नेपाल प्रेससँगको कुराकानीमा अर्थमन्त्री पौडेलले “बजेटको सीमा र प्राथमिकताबारे नीति तथा कार्यक्रममै केन्द्रित रहेर सामान्य छलफल भएको” जानकारी दिए।


ADVERTISEMENT

# # #


यसअघि, अर्थमन्त्री पौडेलले सत्तारूढ गठबन्धनका प्रमुख घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि सोमवार नै छुट्टै छलफल गरेका थिए।

भेटवार्ताका क्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बजेटलाई जनमुखी बनाउने र देशको आर्थिक अवस्था अनुसार कार्यक्रम तय गर्न सुझाव दिएका थिए।

सरकारको नीति तथा कार्यक्रम र आगामी बजेटलाई व्यापक परामर्शबाट तर्जुमा गर्न अर्थ मन्त्रालयको प्रयासलाई यो छलफलहरू एउटा सकारात्मक कदमको रूपमा हेरिएको छ।