काठमाडौँ– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राज्यका विभिन्न निकायमा रहेका सबैको सम्पति छानविन गर्नुपर्ने बताएका छन् ।


ADVERTISEMENT


मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा गुरुङले अहिले भ्रष्टाचार गर्ने र नगर्नेलाई एउटै डालोमा राखेर तुलना हुने गरेको भन्दै नेतादेखि कर्मचारीसम्म सवैको सम्पति छानविन गर्नुपर्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


छानविन गर्दा स्रोत नखुलेको भेटिए जफत गर्नुपर्ने उनले जनाए । गुरुङले दलीय स्वार्थका आधारमा एक नेताले अर्काप्रति गर्ने टिप्पणीले नेताहरु सवै जाली हुन् भन्ने भाष्य जनतामा परेको जिकिर गरे ।

उहाले सर्वदलीय समिति गठन गरेर संविधान संशोधनको कामलाई अघि बढाउन प्रस्ताव समेत गरे । समानुपातिक प्रतिनिधित्व हुने गरी प्रत्यक्ष निर्वाचन सुनिश्चित गर्नेगरि संविधान संशोधन गर्नुपर्ने उनले बताए । त्यस्तै गुरुङले मरिसकेको राजसंस्थाका बिषयमा अनावश्यक बहस गर्न आवश्यक नरहेको तर्क गरे ।

उनले कर्म, व्यबहार, दृष्टिकोण र उद्देश्य र गन्तव्यले अहिलेको व्यवस्थालाई सुदृढ गर्दै लैजानुपर्नेमा जोड दिए ।

यस्तै उनले नेपाली कृषकलाई दुख दिने बाँदर र बदेलको समेत उचित व्यवस्थापन गर्न नसकिएको प्रति ध्यानाकर्षण गराए । उनले भने, ‘खासगरी हामीलाई दुख दिएको बाँदर र बदेल नै हो । अष्ट्रेलियाको राष्ट्रिय जनावर कंगारु हो तर यो बर्ष मात्रै पचास लाख कंगारु मारेर मासु र छाला बिदेश निर्यात गर्ने निर्णय गरेको छ र पैसा कमाउछ जुन राष्ट्रिय जनावर हो अष्ट्रेलियाको । तर नेपालमा बाँदर मार्न हुँदैन कानुनले दिदैनौँ भनेर बस्छौं । अष्ट्रेलियामा पनि अधिकारकर्मी होलान् विरोध गरेकै होलान् तर अष्ट्रेलियाले यो वर्ष पचास लाख कंगारु मार्ने निर्णय गर्यो तर यहाँ भने बाँदर पनि मार्न हुन्न, बँदेल पनि मार्न हुन्न भन्दै बस्दा कृषि क्षेत्र नस्ट भएको भएको छ ।’