नवलपरासी — एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको बरुवा र भुमहि शाखाको संयुक्त आयोजनामा लुम्बिनी प्रदेश अन्तर्गत वित्तीय साक्षरता तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न भएको छ।


ADVERTISEMENT


कार्यक्रम सुस्ता गाउँपालिका–१, बरुवा स्थित होटल आंगनको सभा हलमा सम्पन्न भएको हो।


ADVERTISEMENT

# # #


कार्यक्रम बरुवा शाखाका प्रमुख सृजना न्यौपानेको अध्यक्षतामा सुरु भएको थियो भने संस्थाको कर्पोरेट कार्यालय, बनेपाबाट आएका नायब प्रमुख कार्यकारी अधिकृत  मेष बहादुर बस्नेत र सहायक महाप्रबन्धक राजेन्द्र न्यौपाने प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।

कार्यक्रममा उप–प्रदेश कार्यालय रामापुरका अनुगमन अधिकृत विवेश विश्वकर्मा, गोरकट्टा उप–प्रदेशका अनुगमन अधिकृत राजु कुमार दास बनिया, तथा बथरी उप–प्रदेशका अनुगमन अधिकृत आन्दमणी त्रिपाठी लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा शाखा कार्यालय बेथरी र पडसरीमा आबद्ध सदस्य तथा अभिभावकहरू गरी ५५ जना सहभागी थिए। उनीहरूलाई संस्थाले प्रदान गर्दै आएको सेवा सुविधा, वित्तीय साक्षरता, पारिवारिक बजेट व्यवस्थापन, लघुवित्तको महत्त्व, हाल लघुवित्त क्षेत्रमा देखिएका समस्या र तिनका समाधानका उपायबारे विस्तृत रूपमा जानकारी दिइएको थियो।

साथै नियमित किस्ता भुक्तानी, बचत प्रवर्द्धन, र केन्द्र बैठकमा निरन्तर उपस्थितिको महत्वबारे प्रष्ट पारिएको थियो। कार्यक्रममा सहभागी सदस्यहरूबाट आएका गुनासो तथा सुझावहरूलाई सुनुवाइ गर्दै आवश्यक पहल र सुधारको प्रतिबद्धतासहित कार्यक्रम समापन गरिएको थियो।