काठमाडौँ– भारतीय सांस्कृतिक सम्बन्ध परिषद् को ७५ औं वार्षिकोत्सवको अवसरमा नेपालस्थित भारतीय सांस्कृतिक केन्द्रले एक भव्य सांस्कृतिक साँझ तथा पूर्व विद्यार्थीहरुको भेलाको आयोजना गरेको छ। कार्यक्रममा नेपालका पूर्व राष्ट्रपति डा. रामवरण यादव प्रमुख अतिथिको रूपमा उपस्थित भएका थिए।


ADVERTISEMENT


उक्त अवसरमा आईसीसीआरका हालका विद्यार्थीहरू तथा का पूर्व छात्रहरूले संगीत, नृत्य र अन्य सांस्कृतिक प्रस्तुतिहरूमार्फत भारत–नेपाल मित्रताको उत्सव मनाए। कार्यक्रममा सहभागी पूर्व विद्यार्थीहरूले भारतीय सांस्कृतिक सम्बन्ध परिषद्ले आफ्नो शैक्षिक यात्रा र करियर विकासमा खेलेको प्रेरणादायी भूमिकाको बारेमा आफ्ना अनुभवहरू समेत साझा गरे।


ADVERTISEMENT

# # #


प्रमुख अतिथि डा.यादवले आफ्नो सम्बोधनमा आइसीसीआर स्कलरको रूपमा भारतमा बिताएको समयलाई सम्झँदै भारत–नेपालबीचको सदियौं पुरानो ऐतिहासिक, सभ्यतागत र सांस्कृतिक सम्बन्धको उच्च प्रशंसा गरे । यस अवसरमा उनले भारत र नेपालबीचको मित्रताको प्रतीकस्वरूप भारतीय दूतावास परिसरमा टाँकीको बिरुवा रोपे।

भारतीय राजदूतले पनि काठमाडौँस्थित दूतावासमार्फत दुई देशबीचको सांस्कृतिक एवं जनता–जनताबीचको सम्बन्धलाई अझ मजबुत बनाउन आईसीसीआरको भूमिकालाई महत्वपूर्ण ठहर गर्दै यस्ता कार्यक्रमहरू आगामी दिनमा पनि निरन्तर आयोजना गरिने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रमले भारत र नेपालबीचको गहिरो ऐतिहासिक सम्बन्धलाई पुनः उजागर गर्नुका साथै आगामी पुस्तामा सांस्कृतिक आदानप्रदानको सन्देश प्रवाह गरेको छ।